Media Network

नेप्से झण्डै ८ अंकले बढ्दा एक अर्ब ४५ करोडको सेयर कारोबार


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौं। नेप्से साताको अन्तिम कारोबार दिन शुक्रबार पनि बढेको छ । नेप्से आज सात दशमलव ९३ अंकले बढेर दुई हजार नौं दशमलव ४६ अंकमा चढ्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंकले बढेर तीन सय ८५ दशमलव ९१ अंकमा चढ्न सफल भएको छ । आज दुई सय ३१ वटा कम्पनीहरुको २१ हजार ६ सय १५ पटकको कारोबारमा ४० लाख ५१ हजार सात सय ७१ कित्ता सेयर किनबेच भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार आठ सय ३३ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक बढेपनि निर्जिवन बीमा, जलबिद्युत, फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक भने घटेका छन् । 

यसैगरी आज नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्र, सिटिजन्स म्युचुअल फण्ड १, किसान लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन भने घलेम्दी हाईड्रो पावर कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिले गुमाएका छन् । अपर तामाकोशी हाईड्रो पावर कम्पनी, एभरेष्ट बैक, नेपाल एसबिआई बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद