Media Network

नेप्से रातै : २० अंकले घट्दा एक अर्ब ४९ करोडको कारोबार


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

काठमाडौं। नेप्से रातै भएको छ । अघिल्लो दिन पाँच अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने पुन: २० अंकले घटेर २३ सय ५६ दशमलव १७ अंकमा खुम्चिएको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३२ अंकले घटेर चार सय ५० दशमलव २४ अंकमा खुम्चिएको छ । 

आज नेप्सेमा  दुई सय २६ वटा कम्पनीहरुको २८ हजार नौं सय १२ पटकको कारोबारमा ४५ लाख ७४ हजार पाँच सय २० कित्ता सेयर किनबेच भएको छ । जसबाट कुल सेयर कारोबार रकम एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार आठ सय आठ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । 

आज जाल्पा लघुवित्त वित्तीय संस्था, सामलिङ पावर लिमिटेड आदिले कमाएका छन् भने गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । यसैगरी आज आईएमई जनरल इन्स्योरेन्स कम्पनी, एनसीसी बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद