Media Network

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कार्की नियुक्त


खबरस्टोरी संवाददाता

२१ माघ २०७८,शुक्रबार

काठमाडौं । सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । पाल्पाका कार्कीले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् ।

तत्कालीन सिइओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि छ महिनादेखि नेप्सेको प्रमुख पद खाली रहँदै आएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद