Media Network

नेप्सेमा ३० अंकको गिरावट, आठ अर्बको कारोबार


खबरस्टोरी संवाददाता

२८ पुष २०७८,बुधबार

काठमाडौं। साताको चौंथो कारोबार दिन आज (बुधबार) सेयर बजार परिसूचक (नेप्से) ३०.५१ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँ बराबरको कारोबार भएकोमा नेप्से भने घटेर २८०३.६२ मा झरेको छ। 

बुधबार विभिन्न कम्पनीका १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ। नेप्सेका अनुसार बुधबार कारोबार भएका मध्ये व्यापार समूह, म्यानुफ्याक्चर तथा उत्पादन समूह र इन्भेष्टमेन्ट समूहको सेयर बढेको छ। वाणिज्य बैंक, विकास बैंक, होटेल, हाइड्रो लगायतका अन्य समूहको कारोबारमा भने गिरावट आएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद