क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव १८ अंकले घटेर चार सय तीन दशमलव ४८ अंकमा खुम्चिएको छ । नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरुको २६ हजार छ सय ९३ पटकको कारोबारमा ३८ लाख ४८ हजार पाँच सय आठ कित्ता कारोबार भएका छन् । सो अनुुसार आज कुल कारोबार रकम एक अर्ब ३० करोड ७३ लाख ५९ हजार पाँच सय ४१ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, लघुवित्त, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ ।
कारोबार भएका कम्पनीहरु मध्ये आज उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाईड्रो पावर कम्पनी, गणपती लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक, किसान लघुवित्त वित्तीय संस्था, सामलिङ पावर लिमिटेड आदिले गुमाएका छन् ।
एनआईसी एशिया बैंक, नागरिक लगानी कोष, नेपाल इन्भेष्टमेन्ट बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।