Media Network

नेप्सेमा १८ अंकको गिरावट, एक अर्ब १६ करोडको कारोबार


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौं। नेप्सेमा पुन: गिरावट आएको छ । अघिल्लो दिन ३५ अंकले घटेको नेप्से आज बिहिबार भने १८ दशमलव २६ अंकले घटेर २१ सय १२ दशमलव ४७ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८१ अंकले घटेर चार सय १० दशमलव ६६ अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरुको २१ हजार आठ सय ३३ पटकको कारोबारमा ३५ लाख ६६ हजार आठ सय १९ कित्ता सेयर खरिद बिक्री भएका छन्। उक्त खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब १६ करोड १५ लाख १४ हजार एक सय ६९ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेको देखिएको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलवितद्युत, निर्जिवन बीमा, जीवन बीमा र लघुवित्त सहितका १२ वटै समुहको सुचक घटेर रातै भएको छ । 

कारोबार भएका कम्पनीहरु मध्ये आज बलेफी हाईड्रो पावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, बलेफी हाईड्रो पावर कम्पनी आदिले कमाएका छन भने नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर, प्रभु लाईफ इन्स्योरेन्स कम्पनी आदिले गुमाएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद