Media Network

नेप्सेमा ४६ अंकको गिरावट, झण्डै तीन अर्बको सेयर कारोबार


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौं।  नेप्सेको पहिरोले साताको तेस्रो कारोबार दिन मंगबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन घटेको नेप्से आज पुन: ४६ दशमलव आठ अंकले घटेर दुई हजार ३० दशमलव ५९ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७१ अंकले घटेर तीन सय ८७ दशमलव २३ अंकमा खुम्चिएको छ । 

आज दुई सय २९ वटा कम्पनीहरुको ४९ हजार चार सय १६ पटकको कारोबारमा ८६ लाख १३ हजार चार सय ८९ कित्ता सेयर किनबेच भएको छ । सो अनुसार आज कुल सेयर कारोबार रकम दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार दुई सय २४ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहरुको कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ ।  आज कारोबार भएका कम्पनीहरु मध्ये सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, न्यादी ग्रुप पावर लिमिटेड, आँधीखोला लघुवित्त वित्तीय संस्था आदिले कमाएपनि घलेम्दी हाईड्रो पावर कम्पनी, मनकामना स्र्माट लघुवित्त वित्तीय संस्था, बिशाल बजार कम्पनी आदिले गुमाएका छन् । सानिमा बैंकको संस्थापक सेयर, आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर, न्यादी ग्रुप पावर लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्रालि आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद