नेप्सेमा १९ अंकको गिरावट, कारोबार रकम पनि घट्यो


खबरस्टोरी संवाददाता
२ चैत्र २०७८, बुधबार
नेप्सेमा १९ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं। नेप्से सुचक तथा कारोबार रकम दुबै नै घटेका छन् । साताको चौंथो कारोबार दिन आज (बुधबार) नेप्से १९ दशमलव ६५ अंकले घटेर २६ सय ३१ दशमलव ३२ अंकमा खुम्चिंदा सेन्सिटिभ पनि पाँच दशमलव २२ अंकले घटेर चार सय ९७ दशमलव ३७ अंकमा खुम्चिएको छ । 

दुई सय ३१ वटा कम्पनीहरुको ३७ हजार ३२ पटकको कारोबारमा आज ४९ लाख ६७ हजार चार सय ७१ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५७ करोड चार लाख एक हजार एक सय १८ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा निर्जिवन बीमा, होटल तथा पर्यटन र सामुहिक लगानी कोष सहितका तीन वटा समुहहरुको सुचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी सहितका १० वटा समुहहरुको  सुचक भने उच्च अंकले घटेका छन् । 

यसैगरी आज कारोबार भएका कुुल कम्पनीहरु मध्येमा इर्मजिङ नेपाल हाईड्रो पावर लिमिटेड, सोल्टी होटल लिमिटेड आदिले कमाएपनि युनाईटेड इदी मर्दी आरबी हाईड्रो पावर लिमिटेड, शिवश्री हाईड्रो पावर कम्पनी आदिले भने गुमाएका छन् । आज नेपाल टेलिकम, अपी पावर लिमिटेड, गरिमा बिकास बैंक, नागरिक लगानी कोष आदिको भने बढी रकम कारोबार भएको छ ।