Media Network

नेप्सेमा १४ अंकको गिरावट, ८९ करोड ४१ लाखको सेयर कारोबार


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौँ।  साताको सुरुवाती कारोबार दिन देखि नैं लगातार घट्दै आएको नेप्सेले साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १७ अंकले घटेको नेप्से आज पुन १४ दशमलव ६४ अंकले घटेर दुई हजार ४८ दशमलव १६ अंकमा खुम्चिएको छ । 

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज चार दशमलव ३१ अंकले घटेर तीन सय ९२ दशमलव शुन्य छ अंकमा खुम्चिएको छ । आज दुई सय २९ वटा कम्पनीहरुको १८ हजार छ सय १७ पटकको कारोबारमा ३० लाख ४५ हजार आठ सय ३८ कित्ता सेयर किनबेच भएको छ । जसबाट आज कुल सेयर कारोबार रकम ८९ करोड ४१ लाख २४ हजार एक सय १४ रुपैंयाँ पुगेको छ । 

कारोबार भएका कुल समुहहरु मध्ये आज बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स समेत १३ वटै समुहहरुको सुचक उच्च अंकले घटेका छन् । सोही आधारमा नेप्से आज पुरै रातो देखिएको छ । 

यसैगरी कारोबार भएका कुल कम्पनीहरु मध्ये भने आज उपकार लघुवित्त वित्तीय संस्था, ग्रिन भेञ्चर लिमिटेड आदिले कमाएका छन् भने सगरमाथा इन्स्योरेन्स कम्पनी, युनिलिभर नेपाल लिमिटेड आदिले गुमाएका छन् । कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, शिवम सिमेन्ट आदि भने आज बढी रकम कारोबार गर्ने कम्पनीह्रुको सुचीमा परेका छन् ।    


Share:
Reaction :
ताजा समाचार
खेलकुद