Media Network

नेप्सेमा ३१ अंकको गिरावट, सबै सुचकहरु रातै


खबरस्टोरी संवाददाता

८ असार २०७९,बुधबार

काठमाडौं।  नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज  ३१ दशमलव २१ अंकले घटेर १८ सय ९३ दशमलव ५३ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९४ अंकले घटेर तीन सय ६९ दशमलव १५ अंंकमा खुम्चिएको छ । 

आज दुई सय २९ वटा कम्पनीहरुको २० हजार चार सय २० पटक सेयर कारोबार भएको छ । जसबाट आज ३० लाख ३४ हजार चार सय ८३ कित्ता सेयर किनबेच हुँदा  कुल कारोबार रकम ८४ करोड ३७ लाख ७३ हजार चार सय ५९ रुपैंयाँ पुगेको छ ।  १३ वटा समुहहरुको कारोबार भएको मध्ये आज बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, नीर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । 

कारोबार भएका कम्पनीहरु मध्ये ग्लोवल आईएमई समुन्नत योजना १, आँधीखोला लघुवित्त वित्तीय संस्था, प्रभु लाईफ इन्स्योरेन्स कम्पनी आदिले कमाएका छन् भने युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी लिमिटेड, शिवश्री हाईड्रो पावर कम्पनी, रिभर फल्स पावर लिमिटेड, बलेफी हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । नबिल बैंक, नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, एनसीसी बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद