Media Network

नेप्सेमा २० अंकको गिरावट, दुई अर्ब चार करोडको कारोबार


खबरस्टोरी संवाददाता

९ चैत्र २०७८,बुधबार

काठमाडौं। नेप्से पुन: घटेको छ । अघिल्लो दिन बढेको नेप्से बुधबार २० दशमलव ३४ अंकले घटेर २६ सय ३० दशमलव ३६ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २२ अंकले घटेर चार सय ९५ दशमलव ११ अंकमा खुम्चिएको छ । 

आज दुई सय २६ वटा कम्पनीहरुको २९ हजार छ सय ७८ पटकको कारोबारमा ३९ लाख ८५ हजार पाँच सय ७४ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब चार करोड ६३ लाख ५२ हजार पाँच सय ४७ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा ट्रेडिङ र सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, लघुवित्त, जीवन बीमा सहितका ११ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् । 

यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मजिङ नेपाल लिमिटेड आदिले कमाएका छन् भने बुद्धभुमी नेपाल हाईड्रो पावर लिमिटेड, मल्टीपर्पस फाईनान्स आदिले गुमाएका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनआईसी एशिया बैंक, अरुण भ्याली हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम आदि परेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद