Media Network

नेप्सेमा १३ अंकले बृद्धि हुँदा दुई अर्ब बढीको सेयर किनबेच


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौं। नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने १३ दशमलव ३३ अंकले बढेर दुई हजार ४३ दशमलव ९२ अंकमा चढ्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले बढेर तीन सय ८८ दशमलव ९१ अंकमा चढ्न सफल भएको छ । नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरुको ३८ हजार आठ पटकको कारोबारमा ६२ लाख ६३ हजार तीन सय १० कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार सात सय एक रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा बाँणिज्य बैंक, निर्जिवन बीमा र सामुहिक लगानी कोष सहितका तीन वटा समुहहरुको सुचक घटेको छ भने बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी सहितका १० वटा समुहहरुको सुचक भने बढेर हरियो भएको छ । 

आज कारोबार भएका कम्पनीहरु मध्ये लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, सिभिल बैंक आदिले कमाउँदा नेपाल क्रेडिट एण्ड कर्मश बैंकको ऋणपत्र, समिट मार्ईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । गोर्खाज फाईनान्स, सिभिल बैंक, लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद