Media Network

नेप्सेमा ४८ अंकले गिरावट, सबै सुचक घटेर रात्तै


खबरस्टोरी संवाददाता

१९ बैशाख २०७९,सोमबार

काठमाडौं।  नेप्से उच्च अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन  सोमबार नेप्से ४८ दशमलव ७३ अंकले घटेर २३ सय सात दशमलव ४४ अंकमा खुम्चिएको छ । सेन्सिटिभ पनि आठ दशमलव ४५ अंकले घटेर चार सय ४१ दशमलव ७९ अंकमा खुम्चिएको छ । 

आज दुई सय २८ वटा कम्पनीहरुको ३१ हजार चार सय चार पटकको कारोबार भएका छन् । जसबाट ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच हुँदा कुल सेयर कारोबार रकम एक अर्ब ४२ करोड ३४ लाख ९८ हजार दुई सय ९२ रुपैैंयाँ पुग्न सफल भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये बाँणिाज्य बैंक, बिकास बैंक, जलविद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा लघुवित्त सहितका १३ वटै समुहहरुको सुचक उच्च अंकले ओरालो लाग्दा नेप्से पुरै रातो देखिएको छ । 

कारोवार भएका कम्पनीहरु मध्ये भने आज जाल्पा लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्ड, राष्ट्रिय बीमा कम्पनी आदिले कमाएका छन् भने नेपाल फाईनान्स, युनियन हाईड्रो पावर लिमिटेड, ग्रिन भेञ्चर लिमिटेड आदिले गुमाएका छन् । यसैगरी आज अरुण भ्याली हाईड्रो पावर लिमिटेड, युनियन हाईड्रो नेपाल लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद