Media Network

नेप्सेमा १७ अंकले गिरावट, सबै सुचक रातै


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । अघिल्लो दिन ६० अंकले बढेको नेप्से आज बिहिबार पुन घटेको छ । नेप्से आज १७ दशमलव ५८ अंकले घटेर दुई हजार ६२ दशमलव ८६ अंकमा खुम्चिएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९९ अंकले घटेर तीन सय ९६ दशमलव ३९ अंकमा खुम्चिएको छ । नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरुको ३० हजार सात सय ६२ पटकको कारोबारमा ४१ लाख ५६ हजार एक सय चार कित्ता सेयर खरिद बिक्री भएकाछन । जसबाट आज कुल सेयर कारोबार भएको एक अर्ब ४७ करोड २६ लाख ९० हजार पाँच सय ५४ रुपैैंयााँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन, बीमा, लघुवित्त, होटल तथा पर्याटन, लगानी सहितका १३ वटै समुहहरुको सुचक उच्च अंकले घटेपछि नेप्से पुरै रातो देखिएको छ । 

यसैगरी आज कारोबार भएका कम्पनीहरु मध्ये उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाईड्रो पावर कम्पनी आदिले कमाएका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर, युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । कुमारी बैंक, एशियन लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद