आज कारोबार रकममा भने सामान्य गिरावट आएको छ । सोमबार एक अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बरुण हाइड्रोपावर कम्पनी, न्यादी ग्रुप पावर कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।
त्यस्तै आज एनआईबीएल समृद्धि फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज न्यादी ग्रुप पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।