नेप्सेमा आज दुई सय ३० वटा कम्पनीहरुको ४० हजार एक सय ३० पटक शेयर कारोबार भएको छ । जसबाट ५३ लाख १५ हजार दुई सय ९२ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम दुई अर्ब ६० करोड नौ लाख ३० हजार चार सय तीन रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुह अन्र्तगतका कम्पनीहरुको शेयर किनबेच भएका छन् । उक्त समुहहरु मध्ये बाँणिज्य बैंक, निर्जिवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य सहितको पाँच वटा समुहहरुको सुुचक सामान्य अंकले बढेका छन् भने बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, लघुुवित्त, सामुहिक लगानी कोष र लगानी सहितका नो वटा समुहहरुको सुचक भने ओरालो लागेका छन् ।
आज बुद्धभुमी नेपाल हाईड्रो पावर कम्पनी, सर्पोट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेपनि पाँचथर पावर कम्पनी, मध्यभोटेकोशी जलबिद्युत कम्पनी शेयर मुल्य भने घटेको छ । शिवम सिमेन्ट, पाँचथर पावर कम्पनी, नेपाल टेलिकम आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएको छ ।