Media Network

नेप्सेमा झिनोे सुधार : पाँच वटा समुहले गुमाउँदा आठ वटा समुहले कमाए


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । अघिल्लो दिन ३६ अंकले घटेको नेप्सेमा साताको अन्तिम कारोबार दिन आज बिहिबार भने झिनो अंकले सुधार देखिएको छ । नेप्से आज चार दशमलव ९४ अंकले बढेर २३ सय २५ दशमलव ४५ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव छ अंकले बढेर चार सय ४३ दशमलव १४ अंकमा चढेको छ । दुई सय ३१ वटा कम्पनीहरुको ३६ हजार एक सय ९० पटकको कारोबारमा आज ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा आज एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार आठ सय ४८ रुपैयाँको सेयर किनबेच भएको छ । 

कारोबार भएका १३ वटा समुहहरु मध्ये आज बाँणिज्य बैंक, फाईनान्स, निर्जिवन बीमा, टे«डिङ र सामुहिक लगानी कोष सहितका पाँच वटा समुहको सुचक घटेका छन् भने बिकास बैंक, जीवन बीमा, जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी सहितका आठ वटा समुहको सुचकहरु बढेर हरियो देखिएका छन् । 

यसैगरी आज कारोबार भएका कम्पनीहरु मध्ये ग्रिन भेञ्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने घलेम्दी हाईड्रो पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी आदिले गुमाएका छन् । आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, नविल बैंक, एनआईसी एशिया बैंक आदिको भने बढी रकम कारोबार भएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद