नेप्सेमा पुन उच्च अंकको गिरावटः सबै सूचक रातै


खबरस्टोरी संवाददाता
१ असार २०७९, बुधबार
नेप्सेमा पुन उच्च अंकको गिरावटः सबै सूचक रातै
काठमाडौं । नेप्से पुन उच्च अंकले घटेको छ । अघिल्लो दिन ३६ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन बुधबार पुनः २९ दशमलव ८९ अंकले घटेर १९ सय ६६ दशमलव ३७ अंकमा खुम्चिएको छ । 

यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव छ अंकले घटेर तीन सय ७८ दशमलव ९० अंकमा खुम्चिएको छ । 

नेप्सेमा बुधबार दुई सय २९ वटा कम्पनीहरुको ३० हजार छ सय दुई वटा कारोबार भएको छ । जसबाट आज ४१ लाख ८२ हजार तीन सय ६९ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख ५८ हजार आठ सय १७ रुपैंयाँमा कायम रहेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको छ । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । कारोबार भएका कम्पनीहरुमा बुधबार सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, आँधिखोला लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन भने बलेफी हाईड्रो पावर लिमिटेड, तेह्थुम पावर लिमिटेड, माउन्टेन हाईड्रो नेपाल लिमिटेड आदिले गुमाएका छन् ।

नेपाल टेलिकम, बैंक अफ काठमाडौ नेपाल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली आदिको भने आज बढी रकम कारोबार भएका छन् ।