काठमाडौ । साताको सुरुवाती कारोवार दिन आज आईतबार नै नेप्से घटेको छ । नेप्से आज सात दशलव ७३ अंकले घटेर २६ सय ५३ दशमलव ७० अंकमा कायम रहेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७३ अंकले घटेर पाँच सय छ दशमलव ८४ अंकमा कायम हुन पुगेको छ ।
नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरुको शेयर कारोबार भएकाछन । जसबाट ४९ हजार छ सय ७० पटकको कारोबारमा ७० लाख ४० हजार पाँच सय ६३ कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम तीन अर्ब २७ करोड ३० लाख ६५ हजार नौ सय १० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको शेयर किनबेच भएको छ । जसमध्ये जलबिद्युत र अन्य समुहको सुचक सामान्य अंकले बढेकाछन भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहहरुको सुचक उच्च अंकले घटेकाछन ।
यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये नेशनल हाईड्रो पावर कम्पनी, स्वाभिमान लघुुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य उकालो लागेको छ भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य ओरालो लागेको छ । युनिभर्सल पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम आदिको भने आज बढी परिमाणमा शेयर किनबेच भएका छन ।