Media Network

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७८,बुधबार

काठमाडौं । साताको चौंथो कारोबार दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचकांक १९.८४ विन्दुले घटेर २७३४.४४ अंकमा आइपुगेको छ । मंगलबार नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको थियो  । 

त्यस्तै, आज  कारोबार रकम पनि घटेको छ । आज ३ अर्ब २ करोड ६३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  मंगलबार ३ अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको थियो ।  

 नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा अन्यको भन्दा केहि  वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा गुँरास लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन । त्यस्तै, आज बुद्धभूमि नेपाल हाइड्रोपावरको र मैलुङ खोला जलविद्युतको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद