Media Network

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

काठमाडौं । साताको चौंथो कारोबार दिन आज (बुधवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १५.५० अंकले घटेर दुई हजार सात सय २० दशमलब ४३ विन्दुमा रोकिएको हो ।   

त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । आज ३ अर्ब १३ करोड १२ लाख बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब २१ करोड २८ लाख बराबरको कारोबार भएको थियो ।          

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा दिव्याश्वरी हाइड्रोपावर, युनाइटेड इदी मर्दी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर कम्पनी रहेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । 



 


Share:
Reaction :
ताजा समाचार
खेलकुद