नेप्सेमा आज दुई सय ३० वटा कम्पनीहरुको २० हजार सात सय ७४ पटकको कारोबारमा २९ लाख २० हजार सात सय पाँच कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ९९ करोड ८६ लाख ७४ हजार दुई सय ६२ रुपैंयाँमा सिमित हुन पुगेको छ ।
नेप्सेका अनुसार आज बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरुको सुचक घट्दा नेप्से पुरै रातो भएको हो।
कारोबार भएका कम्पनीहरु मध्ये आज बलेफी हाईड्रो पावर कम्पनी, ग्रीन भेञ्चर कम्पनी, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिले कमाएका छन् भने मानुषी लघुवित्त वित्तीय संस्था, तेह्थुम पावर लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, बैंक अफ काठमाडौं नेपाल लिमिटेड आदिले गुमाएका छन् ।
सानिमा बैंक, उपकार लघुवित्त वित्तीय संस्था, ग्रीन भेञ्चर लिमिटेड, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदिको भने आज बढी परिमाणमा रकम कारोाबार भएका छन् ।