नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरुको ३१ हजार पाँच सय ६७ पटकको कारोबारमा ३४ लाख २९ हजार नौं सय १७ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार पाँच सय ६२ रुपैयाँमा सिमित हुुन पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक ओरालो लागेको छ । सोही कारण आज नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कम्पनीहरु मध्ये आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आदिले कमाए पनि सिटिजन म्युचुअल फण्ड, इर्मजिङ नेपाल लिमिटेड, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था आदिले भने गुमाएका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी, सुर्या लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।