आज कारोबार भएका १३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो नेपाल र माउन्टेन इनर्जी नेपालको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६७२.६० रुपैयाँ पुगेको छ भने घलेम्दी हाइड्रो नेपालको शेयरमूल्य ८.८२ प्रतिशतले बढेर प्रतिकित्ता २३२ रपैयाँ र माउन्टेन इनर्जी नेपालको शेयरमूल्य ८.६६ प्रतिशतले बढेर प्रतिकित्ता ९७९ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।