Media Network

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार पनि घट्यो


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७८,मंगलवार

काठमाडौं । साताको तेस्रो कारोबार दिन (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आजको कारोबार शुरु भएदेखि वृद्धि भएको नेप्से अन्ततः घटेर बन्द भएको हो ।   

आज नेप्से ३७.१८ अंकले घटेर दुई हजार ५ सय ८ दशमलब ९१ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबारसँगै इन्डेक्स पनि घटेको छ । आज ३ अर्ब १२ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।   

नेप्सेका अनुसार आज अधिकांश म्युचुअल फण्डमा सामान्य वृद्धि देखिएको छ । त्यस्तै, आज आईसीर्एफसी फाइनान्सको शेयरमूल्यमा उच्च गिरावट आएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद