Media Network

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो


खबरस्टोरी संवाददाता

२६ मंसिर २०७८,आईतवार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि शेयर बजारमा उच्च अंकको गिरावटसँगै बजार बन्द भएको छ । आइतबार शेयर बजारमा ८८ दशमलब ७० अंकले गिरावट भइ दुई हजार तीन सय ६१ दशमलब २७ विन्दु बजार बन्द भएको छ । 

नेपाल स्टक एक्स्चेञ्ज सूचकांकमा दैनिक उच्च अंकको गिरावटसँगै कारोबार पनि न्युनहुँदै गएको छ । आइतबार तीन अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  त्यस्तै, आइतबार सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको कारोबार भएको छ । फाइनान्सको १९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै गुमाउने १० वटा कम्पनीका लगानीकर्ता परेका छन् । जसमा सबैभन्दा धेरै नयाँ सारथी लघवित्तका लगानीकर्ताको लगानी १० प्रतिशतभन्दा बढीले घटेको छ । त्यस्तै ९ प्रतिशतभन्दा बढी शेयर मूल्य घट्नेमा कालिका पावर, जानकी फाइनान्स, जोशी हाइड्रो पावर, समता घरेलु लघुवित्त, मैलुङ खोला जलविद्युत,स्वाभिमान लघुवित्त र लक्ष्मी इक्वटी फण्ड रहेका छन् । 

आइतबार सबैभन्दा बढी जीवन बीमा कम्पनीको उपसूचक घटेको छ । उक्त उपसूचकमा करिब ४२० विन्दुले गिरावट देखिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद