Media Network

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार


खबरस्टोरी संवाददाता

१२ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ५८.९९ अंकले घटेर दुई हजार ६ सय ६१ दशमलब ४४ विन्दुमा रोकिएको हो ।     

त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज ४ अर्ब २९ करोड ३८ लाख बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब १३ करोड १२ लाख बराबरको कारोबार भएको थियो ।           

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । त्यस्तै, आज चार कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा न्यादी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, नयाँ सारथी लघुवित्त, सिद्धार्थ इन्स्यारेन्स कम्पनी रहेको छ ।             

Share:
Reaction :
ताजा समाचार
खेलकुद