भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब एक सय ५० जना विजेता अभिकर्ताहरुलाई एमडिआरटी, सिओटी, टिओटी जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए । अमेरिकामा केन्द्रिय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडिआरटी अर्थात मिलियन डलर राउण्ड टेवलमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट चार जना सिओटी सहित १५७ जना अभिकर्ताहरु एमडिआरटीका लागि योग्य भएका थिए ।