नेशनल लाईफ इन्स्योरेन्सद्धारा एमडिआरटीका बिजेता अभिकर्ताहरुलाई सम्मान


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
नेशनल लाईफ इन्स्योरेन्सद्धारा एमडिआरटीका बिजेता अभिकर्ताहरुलाई सम्मान
काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी अर्थात मिलियन डलर राउण्ड टेवलका बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका अनुसार विर्तामोड झापाको होटल किङसवरीमा यही जेठ २१ गते सम्पन्न गरिएको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका थिए । 

भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब एक सय ५० जना विजेता अभिकर्ताहरुलाई एमडिआरटी, सिओटी, टिओटी जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए । अमेरिकामा केन्द्रिय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडिआरटी अर्थात मिलियन डलर राउण्ड टेवलमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट चार जना सिओटी सहित १५७ जना अभिकर्ताहरु एमडिआरटीका लागि योग्य भएका थिए ।