Media Network

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै,यस्तो छ वित्तीय अवस्था ?


खबरस्टोरी संवाददाता

१० फाल्गुन २०७८,मंगलवार

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि फागुन ११ गतेबाट निष्कासन हुने भएको छ। 

नेपाल धितोपत्र बोर्डबाट गत माघ ९ गते निष्कासनको अनुमति पाएको संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ। 

संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गर्नेछ। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

संस्थाको चुक्तापुँजी ३३ करोड १५ रुपैयाँ र रिजर्भमा ५९ करोड ४४ लाख रुपैयाँ रहेको छ। अबको ३ वर्षमा अर्थात आर्थिक वर्ष २०८०÷८१ मा रिजर्भको आकार बढेर १ अर्ब १९ करोड रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण रहेको छ। हाल संस्थाले ५६ वटा शाखा कार्यालयहरु मार्फत ७८ हजार ५४ सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद