Media Network

नविल कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न बैंक र कतार एयरवेजबिच सम्झौता


खबरस्टोरी संवाददाता

६ असार २०७९,सोमबार

काठमाडौं।  नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो छुट यही असार १७ गते देखि लागु हुने छ । 

एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एलइमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यो साझेदरी अन्तर्गत बिजनेस र इकोनोमी क्लास हवाई टिकटमा उत्त १० प्रतिशत छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ । 

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकल संस्था, स्काईट्रक्याक्सद्धारा फाईभ स्टार कोभिड १९ एयरलायन सेफ्टी रेटिङ हासिल गरेको एक विश्वव्यापी अन्तराष्ट्रिय  हवाई सेवा हो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले  ग्राहकहरूका लागि योसाझेदारी लाभदायक हुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरीले शाहले बताए । 

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नविल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिलरेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्गविकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद