Media Network

३५ औं वर्षमा प्रवेश गर्‍यो नेशनल लाईफ इन्स्योरेन्स कम्पनी


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ ।

 ३५औं वार्षिकोत्सव अवसरमा कम्पनीले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। जसमा ५० भन्दा बढी कर्मचारीले रक्तदान समेत गरेका छन्। त्यस्तै देशभरमा ३४ वटा वृद्धाश्रममा खाना खुवाउने तथा कर्मचारीमाझ विभिन्न खेलकुद कार्यक्रम समेत गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

कम्पनीले विगतका वर्षसरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको छ। त्यस्तै कम्पनीले ३५ औ वार्षिकोत्सवको अवसरमा कम्पनी प्रति विश्वास तथा सहकार्य गर्ने सम्पुर्ण ग्राहक, कर्मचारी, अभिकर्ताहरु एवं शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गरेको छ । 


 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद