पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए


खबरस्टोरी संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार
पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए
काठमाडौ । पछिल्लो सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् ।पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।