स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्कीले आज नक्साल भाटभटेनी नजिक गहनापोखरीमा साढे १२ बजे लगानीकर्ता भेला भएर १ बजे र्यालीसहित राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रमको र्याली गहनापोखरीबाट १ बजे सुरु हुने तय भएको बताएका छन्।
असार १ गतेदेखि धितोपत्र बोर्ड अगाडि लगानीकर्ता एवं पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला आमरण अनशन बसिरहेका र उनको स्वस्थ्य अवस्था थप कमजोर बन्दै गएको छ।