Media Network

पोखरास्थित फुलबारी रिसोर्ट लिलामीमा


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौं । पोखराको फुलबारी रिसोर्ट लिलाम बढाबढमा बिक्री हुदै छ। 

रिसोर्ट सञ्चालनका लागि नेपाल बैंकबाट लिएको ऋण तिर्न नसकेपछि रिसोर्ट लिलामीबाट बिक्री हुन लागेको हो । तोकिएको समयमा ऋण भुक्तान नगरेपछि ऋण लगानीको अगुवा बैंक नेपाल बैंकले फुलबारी रिसोर्ट लिलामीमा राखेको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै रिसोर्टको जग्गा जमिन तथा भवन सबै सम्पत्ति लिलामीका लागि आव्हान गरेको छ। 

पोखराको लक्जरी रिसोर्ट एक दशकदेखि बन्द छ।१५० रोपानी जग्गा, भवन तथा भौतिक सम्पत्ति लिलामीबाट बिक्री गर्नका लागि बैंकले सूचना जारी गरेको छ।

पोखरा महानगरपालिका–१५ मा रहेको होटलले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक पीयुषबहादुर अमात्यको नाममा रहेको ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा बैंकले लिलामी गर्न लागिएको हो । 

राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले रिसोर्टमा एक अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । नेपाल बैंकले ६५ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३५ करोड रुपैयाँको ऋण लगानी थियो भने बाँकी रकम सञ्चय कोषबाट जुटाइएको थियो । 

नेपालले पहिलो पटक नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा सन् १९९८ मा व्यवसायी अमात्यले पोखरामा फाइभ स्टार होटल सञ्चालनमा ल्याएका थिए । ४ सय रोपनी जग्गामा फैलिएको रिसोर्टमा एक सय ६५ कोठा छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद