Media Network

प्लाष्ट नेपाल फाउण्डेशनले जेठ १२ देखि १४ गतेसम्म प्लाष्ट नेपाल २०२२ आयोजना गर्ने


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं।  प्लाष्ट नेपाल फाउण्डेशनले यहि आगामी जेठ महिनाको १२ देखि १४ गतेसम्म अर्थात मे महिनाको २६, २७ र २८ तारिखका दिन काठमाण्डौंको भृकुटी मण्डपमा प्लाष्ट नेपाल २०२२ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ । 

फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको संस्थाले जानकारी दिएको छ ।  अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५,००० वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिव १००,००० उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने छन् । 

प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ । प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो, र यसले नेपालमा प्लाष्टिकको दिगो वृद्धिको लागि निरन्तर काम गरिरहेको संस्थाले जनाएको छ  ।

त्यस्तै नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भुमिका खेल्ने अपेक्षा गरिएको संस्थाले जानकारी दिएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद