प्रि ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से


खबरस्टोरी संवाददाता
९ जेष्ठ २०७९, सोमबार
प्रि ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से
काठमाडौँ । साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक ६ अंकले  बढेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार १५.८२ अंक घटेर २२३५.१० विन्दुमा कायम रहेको  नेप्से, यस दिन सो सेसनमा ६.१७ अंक बढेर २२४१.२६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१५ अंक बढेको छ।

 प्रि ओपन सेसनमा सोमबार १५ स्टकको १ लाख ६० हजार ४७९ रुपैयाँ बराबरको ३२१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने ३ को घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।