Media Network

प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंकले बढ्यो


खबरस्टोरी संवाददाता

५ पुष २०७८,सोमबार

काठमाडौं। आज (सोमबार)को प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंक बढेको छ।

गत बिहीबार ३७.८७ अंक घटेर २३७६.७४ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा १४.०६ अंक बढेर २३९०.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.५१ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १६ कम्पनीको १२ लाख १७ हजार ५०९ रुपैयाँ ८० पैसा बराबरको २ हजार ९०८ कित्ता सेयर कारोबार भएको छ। कारोबारमा आउकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ। 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद