उक्त अवधिमा नेप्से परिसूचक बढेर २ हजार ३३१ दशमलव ५१ अंकमा पुगेको छ । प्रि ( ओपन सेसनमा १२ ओटा धितोपत्रकोे ८ लाख ५४ हजार ५८९ रुपैयाँ बराबरको २ हजार ५३० कित्ता शेयर खरिदविक्री भएको छ।
जसमध्ये नौ ओटा धितोपत्रको मूल्य बढेको छ भने एउटा धितोपत्रको मूल्य घटेको छ। बाँकी दुई ओटा धितोपत्रको शेयरमूल्य स्थिर रहेको छ।
गत साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ४ दशमलव ९४ अंक बढेर २ हजार ३२५ दशमलव ४५ विन्दुमा बन्द भएको थियो ।