Media Network

प्रभु इन्स्योरेन्सले जुनसुकै इन्स्योरेन्ससँग मर्ज गर्न सक्ने बाटो खोल्यो


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको बिशेष साधारणसभाले जुनसुकै इन्स्योेरेन्स कम्पनीसँग मर्ज गर्न सकिने प्रस्ताव पारित गरेको छ । कम्पनीको तीनकुनेस्थित केन्द्रीय कार्यालय प्रभु कम्पेक्समा मंगलबार सम्पन्न बिशेष साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको हो । 

विशेष साधारणसभाले कम्पनीको चुक्ता पुँजी बृद्धिको लागि भविष्यमा कुनै पनि निर्जिवन बीमा कम्पनीहरुसंग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ती गर्न सक्ने तथा आवश्यकता अनुसार हकप्रद सेयर जारी गरी पुँजी बुृद्धि गर्न सक्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीले मर्जर तथा प्राप्ती सम्वन्धी निर्णय गर्न, सो सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्यांकन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद