Media Network

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एकआपसमा गाभिदै


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंको अलफ्ट होटलमा दुई कम्पनीका अध्यक्षले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीमा एक आपसमा गाभिनका लागि दुबै कम्पनीको सेयर स्वाप रेसियो १ः१ अनुपातमा रहने उल्लेख छ । यस्तै दुबै कम्पनी एकआपसमा गाभिई नयाँ बन्ने कम्पनीको नाम भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुने बताइएको छ । 

मर्जरपछि कम्पनीको संचालक समितिमा प्रभु लाइफका अध्यक्ष सुभास अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफका रमेशकुमार भट्टराई रहनेछन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद