Media Network

पुराना इलेक्ट्रिक सामाग्री तथा फर्निचर बेच्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ६ लाख ६३ हजार रुपैयाँ बराबरको पुराना इलेक्ट्रिक सामाग्री तथाफर्निचर बेच्ने भएको छ । राष्ट्र बैंकले आज (आइतबार) एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय बालुवाटारमा रहेको पुराना काम नलाग्ने सम्पति तथा फुटकर फर्निचर सामानहरु  लिलाम बक्री गर्न चाहेको बताएको हो। 

बैंकका अनुसार पुराना अफिस इक्विपमेन्ट, कम्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपि मेसिन, टिभी, प्रोजेक्टर, एसी लायत फर्निचहरु टेबल, कुर्सी, सोफासेट र र्याक, फुटकर ब्याट्री तथा युपिएस, तामाको तार आदि बेच्ने चाहेको हो । 

इच्छुक खरिदकर्ताले सूचना जारी भएको मितिले १५ दिनभित्र न्यूनतम ६ लाख ६३ हजार ५२३ रुपैयाँ ५७ पैसामा खरिद बोलपत्र हाल्न बैंकले आह्वान गरेको छ ।  मंसिर १९ गते आह्वान भएको बोलकबोल १५ दिनसम्म जारी रहने र आगामी पुस ५ गते दिनको १ बजे अन्तिम खरिदकर्ताको टुंगो लगाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार सार्वजनिक बोलकबोल गर्ने खरिदकर्ताले कबोल गर्दा कुल खरिद रकमको न्यूनतम ५ प्रतिशत रकम पहिले नै दरखास्तसँगै धरौटी बुझाउनुपर्ने छ  ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद