४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै आइएमई जनरल इन्स्योरेन्स


खबरस्टोरी संवाददाता
२० फाल्गुन २०७८, शुक्रबार
४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै आइएमई जनरल इन्स्योरेन्स

काठमाडौँ । आइएमई जनरल इन्सुरेन्सले फागुन २२ (आइतबार)देखि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता रू. एक सय अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

आवेदकले उक्त हकप्रद शेयरमा चैत १३ गते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन २७ गते सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

हाल कम्पनीको चुक्ता  पूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई कयापिटल लिमिटेड रहेको छ ।

हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरलको काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।