Media Network

५६ प्रतिशतले बढ्यो जनरल इन्स्योरेन्सको खुद नाफा, प्रतिसेयर आम्दानी कति ?


खबरस्टोरी संवाददाता

२४ माघ २०७८,सोमबार

काठमाडौँ। जनरल इन्स्योरेन्सको खुद नाफा ५६.२०% ले बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को दोस्रो त्रैमासको  वित्तीय विवरण सार्वजनिक गर्दै  खुद नाफा ५६.२०% ले बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको खुद बीमाशुल्कसँगै अन्य आम्दानी पनि बढेपछि नाफा बढ्न पनि टेवा पुगेको हो। पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि १२.७५ प्रतिशतले बढेर १३ करोड ५० लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ११ करोड ९७ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १३ करोड ३ लाख रुपैयाँ, बीमा कोषमा १४ करोड ९२ लाख रुपैयाँ र महाविपत्ती कोषमा एक करोड २१ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ५९.१५ गुणा रहेको छ। यस अवधिमा कम्पनीले ३८ हजार ९८ वटा बीमालेख जारी गरी ४६ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद