हाभल एच ६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशत स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्याङ्कन प्राप्त र्न सफल भएको छ ।
एनक्याप को अनुसार हाभल एच ६ ले साइड इफेक्ट र अब्लिकपोल टेस्ट, फ्रन्ट–र–रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णाङ्क पाएको छ । चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा “परप्परागत विशिष्ट बाल प्रतिबन्धहरुको दायरालाई सुरक्षित रुपमा समायोजन गर्ने” एच ६ लाई एनक्याप ले प्रशंसा गरेको छ । यसैगरी टर्न–अक्रस–पाथ इन्टरसेक्सन परिक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा एनक्यापले हाभाल एच ६ को जंक्सन असिस्ट फिचरको पनि प्रशंसा गरेको छ ।
हाभाल एच ६ को सक्रिय सुरक्षा सुविधाहरुलाई एनक्यापले तारिफ गरेको छ र सबै आपतकालिन लेन राख्ने परिक्षण अवस्थाहरुसँगै कार–टु–कार र कार–टु–साइक्लिस्ट अटोनेमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्याङ्कन गरेको छ ।