Media Network

प्रतितोला रु ४०० ले घट्यो सुनको मूल्य: बढ्यो चाँदी


खबरस्टोरी संवाददाता

७ पुष २०७८,बुधबार

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । 

पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ यसको मूल्य मंगलबार प्रतितोला रु ९२ हजार ५०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु १ हजार २४५ पुगेको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद