शुक्रबार सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ रहेको आज घटेर प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ ।