Media Network

प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढ्यो सुनको मूल्य


खबरस्टोरी संवाददाता

१६ बैशाख २०७९,शुक्रबार

काठमाडौँ। सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । 

आज चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद