Media Network

प्राधिकरणद्धारा २०० मेगावाट विद्युत भारतमा निर्यात गर्न टेण्डर आह्वान


खबरस्टोरी संवाददाता

२३ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत बिक्रिका लागि टेन्डर आह्वान गरेको हो ।

नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो। प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९सम्म बिक्री गर्ने छ ।

 नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ। इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ। कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने छ। 

भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद