Media Network

पेट्रोलियम पदार्थमा मूल्यवृद्वि, लिटरको १४५ पुग्यो पेट्रोल


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७८,शनिबार

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्वि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ ।एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद