Media Network

रिभर फल्सको आइपिओ आउँदै


खबरस्टोरी संवाददाता

२१ बैशाख २०७९,बुधबार

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो। सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १ सय अंकित दरमा २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि दरखास्त आह्वान गरेको छ।

कम्पनीले कूल २७ लाख ३० हजार कित्ता सेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी २५ लाख ३८ हजार ९ सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्कासन गर्ने शेयरमा सर्वसाधारणले छिटोमा जेठ ४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन्।


कम्पनीले संखुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजनाको अनुमानित प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रहने जनाइएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद